NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलागा पञ्चमी - २०

नागरिक वडापत्र

नागरिक वडापत्र

उद्योग तथा वाणिज्य कार्यालय,

धुलिखेल, काभ्रेपलाञ्चोक

सि.नं

सेवाहरु

संलग्न गर्नु पर्ने कागजातहरू र प्रकृया

लाग्ने अनुमानित समय

लाग्ने धरौटी/राजस्ब रकम

कर्मचारी

गुनासो सुन्ने अधिकारी

(क) उद्योग/वाणिज्य प्रशासन

१.

उद्योग दर्ता

(५ लाख भन्दा बढी पुँजी भएको मात्र)

  • उद्योग दर्ता निवेदन फारम,
  • २ प्रति फोटो र सक्कल नागरिकता लिई उद्यमी स्वयम् उपस्थित हुनुपर्ने,
  • उद्योग रहने स्थानको लालपुर्जा वा भाडामा लिएको भए धनीसँगको घर/जग्गा भाडा सम्झौता सहित लालपुर्जा वा स्थानीय तहमा तिरेको सम्पत्ति कर रसिद वा बिजुली/खानेपानी बिल र धनीको नागरिकताको प्रतिलिपि,
  • स्थानीय तहको सिफारिस (चारकिल्ला खुल्ने),
  • प्रचलित ऐन नियम अनुसारको सहमति/सिफारिस, कम्पनी भएमा कम्पनी दर्ता प्रमाण पत्र, स्वीकृत प्रबन्धपत्र तथा नियमावलीको प्रमाणित प्रतिलिपि, शेयर लगत, कम्पनी अद्यावधिक पत्र, शेयरधनीको नागरिकताको प्रतिलिपि, शेयरधनी वा संचालक समितिको निर्णय, (प्रमाणपत्रमा तस्विर टॉसिने धनीको नाम वा छाप र अख्तियारवाला खुल्नुपर्ने) र अख्तियारवालाको परिचयपत्र,
  • साझेदारी फर्म भएमा साझेदारी करार र प्रत्येक साझेदारको नागरिकताको सक्कल सहित उपस्थिति र २/२ प्रति फोटो,
  • आवस्यकता अनुसार स्वीकृत IEE वा EIA प्रतिवेदन

कागजात पूरा भएकोमा सोही दिन (बढीमा ५ दिन)

पुँजी अनुसार तोकिए बमोजिम

सम्बन्धित फाँटवाला र अधिकृत

कार्यालय प्रमुख

२.

वाणिज्य प्रशासन/प्राईभेट फर्म दर्ता

(५ लाख भन्दा बढी पूँजी भएको मात्र)

  • तोकिएको दस्तुर सहित अनुसूचि 1 को ढाँचामा निवेदन वा अनलाईन प्रणाली https://online.doc.gov.np/onlineuser/Login मा गई भरेको आवेदन (हाल काठमाण्डौ, भक्तपुर र ललितपूरमा मात्र लागू),
  • पूँजीको स्रोतको हकमा स्वघोषणा पत्र,
  • व्यवसायी स्वयम् सक्कल नागरिकता सहित कार्यालयमा उपस्थित हुनुपर्ने,
  • प्रचलित कानून बमोजिम लिनुपर्ने अनुमति, सिफारिस, इजाजत पत्र,
  • साझेदारी फर्मको हकमा साझेदारीको सम्झौता, सबै साझेदारको २/२ प्रति फोटो र सक्कल नागरिकता सहित कार्यलयमा आफै उपस्थिति हुनुपर्ने,
  • कम्पनीको हकमा दर्ता प्रमाणपत्र, प्रबन्धपत्र, नियमावली, शेयर लगत, कम्पनी अद्यावधिक पत्र, शेयरधनीको नागरिकताको प्रतिलिपी, शेयर धनी वा संचालक समितिको निर्णयबाट तोकिएको अख्तियारवाला उपस्थित हुनुपर्ने

कागजात पुरा भएकै दिन

पुँजी अनुसार तोकिए बमोजिम

सम्बन्धित फाँटवाला र अधिकृत

कार्यालय प्रमुख

३.

उद्योग/वाणिज्य फर्मको नवीकरण (सुरुमा ५ वर्ष र त्यसपछिको प्रति २ वर्ष, साझेदारीको हकमा प्रतिवर्ष गर्नुपर्ने)

  • नवीकरण गरीपाउँ भन्ने रू 10 को टिकट सहित निवेदन
  • फर्म दर्ताको सक्कल प्रमाणपत्र
  • अधिल्लो आर्थिक बर्षको करचुक्ता प्रमाणपत्र (कर कार्यालयको सकारात्मक प्रतिक्रिया)
  • 20 लाख रूपैया वा सो भन्दा बढीको पुँजी भएको प्राइभेट फर्मको हकमा लेखापरीक्षण सम्बन्धी प्रतिवेदन

निवेदन दर्ता भएकै दिन

पुँजी अनुसार तोकिए बमोजिम

सम्बन्धित फाँटवाला र अधिकृत

कार्यालय प्रमुख

४.

पुँजी बृद्धि

  • पुँजी वृद्धि खुल्ने निवेदन,
  • परिवर्तन हुने विवरणको आधारमा तोकिए बमोजिम कागजातहरू,
  • कर चुक्ता प्रमाणपत्र,
  • वाणिज्य फर्ममा वृद्धि हुने पुँजीको स्रोतको स्वघोषणा,
  • २० लाख रूपैया वा सो भन्दा बढीको पुँजी भएको फर्मको हकमा लेखापरीक्षण सम्बन्धी प्रतिवेदन,
  • फर्म दर्ताको सक्कल प्रमाणपत्र (नवीकरण अद्यावधिक) कम्पनीको हकमा अख्तियारवाला र पुँजी वृद्धिको सम्बन्धी निर्णय सहित कम्पनी सम्बन्धी कागजातहरू,
  • आवस्यकता अनुसार स्वीकृत IEE वा EIA प्रतिवेदन,
  • आवश्यकता अनुसार कार्यालयको अनुगमन प्रतिवेदन

निवेदन दर्ता भएकै दिन

पुँजी अनुसार तोकिए बमोजिम

सम्बन्धित फाँटवाला र अधिकृत

कार्यालय प्रमुख

बिधुत थप

  • विद्युत थप गर्नुपर्नाको कारण सहित निवेदन,
  • थप हुने मेसिन/उपकरणको क्याटलग, स्पेसिफिकेशन,
  • आवश्यकता अनुसार कार्यालयको अनुगमन प्रतिवेदन

कागजात पूरा भएकोमा सोही दिन

पुँजी अनुसार तोकिए बमोजिम

सम्बन्धित फाँटवाला र अधिकृत

कार्यालय प्रमुख

५.

फर्म नामसारी, शेयरधनी परिवर्तन

  • लिने दिने पक्ष स्वयम् कार्यालयमा उपस्थित भई संयुक्त निवेदन र नामसारी गरिलिनेको नाममा घर/जग्गा वा भाडाका सम्बन्धमा सि.नं. १ बमोजिम कागजातहरू,
  • नामसारी/हकछोड (बिक्रीनामा मा नामसारी गरिदिने पक्षले कार्यालय समक्ष सनाखत,
  • कर चुक्ता प्रमाणपत्र र २० लाख माथिको पुँजीको हकमा लेखापरीक्षण प्रतिवेदन,
  • धनीको मृत्यू पश्चातको नामसारीमा मृत्यूदर्ता र हकवालाहरू खुल्ने नाता प्रमाणपत्र सहितको स्थानीय तहको सिफारिस,
  • दर्ता प्रमाणपत्र (सक्कल) (नवीकरण भएको हुनुपर्ने),
  • साझेदारीमा नयाँ साझेदारबीचको कबुलियतनामा,
  • कम्पनीको हकमा अख्तियारवाला र नामसारीको निर्णय,
  • शेयर दर्ता किताब, कम्पनी अद्यावधिक पत्र

कागजात पूरा भएकोमा सोही दिन

पुँजी अनुसार तोकिए बमोजिम

सम्बन्धित फाँटवाला र अधिकृत

कार्यालय प्रमुख

6

नाम संशोधन वा नाम परिवर्तन

  • कारण खुलाइ रू 10को टिकट सहित निवेदन दिनुपर्ने,
  • कर चुक्ता प्रमाणपत्र,
  • दर्ता प्रमाणपत्र (सक्कल) (नवीकरण भएको हुनुपर्ने),
  • कम्पनीको हकमा अख्तियारवाला र नाम संशोधन वा नाम परिवर्तन सम्बन्धी निर्णय सहित कम्पनी सम्बन्धी कागजातहरू

पुँजी अनुसार तोकिए बमोजिम

कार्यालय प्रमुख

7.

फर्म ठाउँसारी/ स्थानान्तरण/शाखा थप/कारोबार थप/ठेगाना संशोधन

  • कारण सहित ठाउँसारी गरिपाउँ भन्ने रू 10को टिकट सहित निवेदन,
  • ठाउँसारी हुने स्थानको घर/जग्गा भाडा सम्झौता र कागजातहरू,
  • जिल्ला बाहिरको हकमा सम्बन्धित जिल्लाको घरेलु तथा साना उद्योग हेर्ने निकायको सहमति,
  • कर चुक्ता प्रमाणपत्र,
  • संक्षिप्त वातावारण प्रतिबेदन,IEE, EIA (तोकिएका उद्योगको हकमा मात्र) को स्विकृती,
  • सम्बन्धित व्यक्ति स्वयम उपस्थित हुनुपर्ने

सोही दिन

पुँजी अनुसार तोकिए बमोजिम

सम्बन्धित फाँटवाला र अधिकृत

कार्यालय प्रमुख

8.

प्रमाण पत्रको प्रतलिपि

  • प्रतिलिपि आवश्यक पर्नुको कारण खुलाई रू.10 को टिकट सहितको निवेदन,
  • उद्योग नवीकरण अवधि कायम भएको हुनुपर्ने र
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित अख्तियारवाला वा उद्यमी उपस्थित हुनुपर्ने

सोही दिन

रू 500/-

सम्बन्धित फाँटवाला र अधिकृत

कार्यालय प्रमुख

9.

उद्देश्य परिवर्तन

  • रितपुर्वक भरिएको संशोधन गरिएको,
  • परिवर्तन हुने उद्देश्य अनुसारको उद्योगका लागि तोकिए बमोजिम कागजात

सोही दिन

दरखास्त दस्तुर रू १००/-

सम्बन्धित फाँटवाला र अधिकृत

10.

फर्म खारेजी

  • फर्म खारेज/बन्द गर्नुपर्नाको कारण सहितको रू 10को टिकट सहित निवेदन,
  • कर चुक्ता प्रमाणपत्र, कुनै निकायबाट ऋण तथा दायित्व नलिएको स्वघोषणा वा प्रमाण
  • दर्ता प्रमाणपत्र सक्कल (नवीकरण भएको हुनुपर्ने),
  • नागरिकताको सक्कल प्रमाणपत्र सहित स्वयम् उपस्थित हुनुपर्ने,
  • प्रकृति अनुसार तोकिएका कागजातहरू (जस्तैः अदालतमा विचाराधीन भए धरौटीको प्रमाण)

कागजात पूरा भएकोमा सोही दिन (बढीमा ५ दिन)

दरखास्त दस्तुर रू १००/-

सम्बन्धित फाँटवाला र अधिकृत

कार्यालय प्रमुख

11.

IEE का लागि TOR स्वीकृति (तोकिए बमोजिमका उद्योगहरूको हकमा लागू हुने)

  • दरखास्त फाराम,
  • प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची (TOR),
  • TOR तथा IEE तयार गर्ने विज्ञहरूको विवरण (बायोडाटा)
  • बिज्ञले उक्त TOR को कार्यालयमा प्रस्तुतिकरण गर्ने

कार्यालयले ३ कार्य दिनभित्र निर्देशनालयमा सिफारिस गर्ने

सम्बन्धित अधिकृत र कार्यालय प्रमुख

निर्देशक

12.

IEE को स्वीकृति (तोकिए बमोजिमका उद्योगहरूको हकमा लागू हुने)

  • स्वीकृत TOR,
  • स्थापना हुने स्थानमा राय सुझावका लागि १५ दिने सूचना प्रकाशन र सोको सूचना टास मुचुल्का,
  • राष्ट्रिय पत्रिकामा सूचना प्रकाशनको सक्कल प्रति
  • चार किल्ला खुल्ने गरी साँध संधियार सहितको उद्योग/व्यवसाय, खोल्ने अनुमतिको सर्जमिन,
  • सम्बन्धित स्थानीय तहको सिफारिस,
  • सार्वजनिक सुनुवाई र प्रतिवेदन, सुनुवाइमा निर्वाचित पदाधिकारीको अनिवार्य उपस्थिति हुनुपर्ने
  • सम्पूर्ण कागजात तथा प्रकृया पूरा गरी कार्यालयमा प्रस्तुतिकरण,
  • प्रस्तुतिकरणमा प्राप्त सुझाव/निर्देशन समेटी ४ प्रति IEE प्रतिवेदन पेश गर्ने

कार्यालयले ३ कार्य दिनभित्र निर्देशनालयमा सिफारिस गर्ने

सम्बन्धित अधिकृत र कार्यालय प्रमुख

निर्देशक

(१) आर्थिक ऐन, २०8२ को दफा १५ को उपदफा (१) अनुसार नयाँ प्राईभेट फर्म दर्तामा दलित समुदाय, विपन्न, अपाङ्ग वर्गका व्यक्तिहरूलाई सम्बन्धित वर्गको प्रमाण पेश गरेकोमा र महिलाको हकमा कानून बमोजिम लाग्ने दस्तुरको ७५ प्रतिशतले छुट दिने व्यवस्था गरिएको छ।