आफ्नो अधिकार क्षेत्र भित्र रही उद्योगहरुको दर्ता र नविकरण पूँजी तथा क्षमता वृद्धी, उदेश्य थप, नामसारी, ठाउँसारी तथा दर्ता खारेज सम्बन्धी कार्य गर्ने,
आफ्नो अधिकार क्षेत्रभित्र पर्ने उद्योगको प्रारम्भिक वातावरणीय परिक्षण (IEE) को कार्यक्षेत्रगत शर्त (TOR)र प्रतिवेदन स्वीकृतको लागि आवश्यक कागजातहरु सहित निर्देशनालयमा सिफारिस गरी पठाउने,
आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने विषयको हकमा आवश्यक कागजातहरु सहित निर्देशनालयमा पेश गर्ने,
कार्यालयबाट सम्पादन हुने कार्यको अद्यावधिक अभिलेख राख्ने,
आवश्यकता अनुसार उद्योगको निरिक्षण गर्ने, देखिएका समस्याको छानविन गरी समाधान गर्ने र निर्देशनालयमा पेश गर्नुपर्नेमा पेश गर्ने,
स्वीकृत बार्षिक कार्यक्रम अनुसार सीपमूलक तथा उद्यमशीलता विकास तालिम सञ्चालन तथा अनुगमन गर्ने,
घरेलु उद्योगलाई आयकर, बिक्रीकर, अन्तःशुल्क छुट सुविधा र साना उद्योगको आयकर छुट सुविधा प्रदान गर्न सिफारिस गर्ने,
निर्धारित समयमा निर्देशनालयमा मासिक, चौमासिक र वार्षिक प्रगति विवरण पठाउने।