• आफ्नो अधिकार क्षेत्र भित्र रही उद्योगहरुको दर्ता र नविकरण पूँजी तथा क्षमता वृद्धी, उदेश्य थप, नामसारी, ठाउँसारी तथा दर्ता खारेज सम्बन्धी कार्य गर्ने,
  • आफ्नो अधिकार क्षेत्रभित्र पर्ने उद्योगको प्रारम्भिक वातावरणीय परिक्षण (IEE) को कार्यक्षेत्रगत शर्त (TOR) र प्रतिवेदन स्वीकृतको लागि आवश्यक कागजातहरु सहित निर्देशनालयमा सिफारिस गरी पठाउने,
  • आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने विषयको हकमा आवश्यक कागजातहरु सहित निर्देशनालयमा पेश गर्ने,
  • कार्यालयबाट सम्पादन हुने कार्यको अद्यावधिक अभिलेख राख्ने,
  • आवश्यकता अनुसार उद्योगको निरिक्षण गर्ने, देखिएका समस्याको छानविन गरी समाधान गर्ने र निर्देशनालयमा पेश गर्नुपर्नेमा पेश गर्ने,
  • स्वीकृत बार्षिक कार्यक्रम अनुसार सीपमूलक तथा उद्यमशीलता विकास तालिम सञ्चालन तथा अनुगमन गर्ने,
  • घरेलु उद्योगलाई आयकर, बिक्रीकर, अन्तःशुल्क छुट सुविधा र साना उद्योगको आयकर छुट सुविधा प्रदान गर्न सिफारिस गर्ने,
  • निर्धारित समयमा निर्देशनालयमा मासिक, चौमासिक र वार्षिक प्रगति विवरण पठाउने।