NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलागा चतुर्थी - १९

परिचय

स्थानीय श्रम, सीप र श्रोतको उपयोग गरी मुलुकमा औद्योगिक क्रियाकलापहरुलाई प्रबर्द्धन र व्यापार व्यवसायका लागि अनुकुल वातावरण श्रृजना गर्ने हेतुले नेपालमा वि.सं. १९९२ साल मंसिर गते पहिलो पटक उद्योग परिषद्को स्थापना भएको थियो।सो पश्चात नेपालमा कम्पनी सम्बन्धी कानून र औद्योगिक व्यवसायसँग सम्बन्धित कानून लागू भएका थिए।वि.सं.१९९६ सालमा व्यवसायिक तालिमको माध्यमबाट रोजगारीको अवसर श्रृजना गर्ने उद्देश्य लि घरेलु इलम प्रचार अड्डाको स्थापना भएको थियो।सो उद्धेश्य परिपूर्तिका लागी आ.. २०१३०१४ मा घरेलु इलम केन्द्र भनी नामाकरण गरियो।आ.. २०२१०२२ मा अञ्चल केन्द्रको अवधारणा अनुरुप क्षेत्रीय, अञ्चल, र जिल्ला स्तरीय कार्यालयहरु खुले।स्वदेशी श्रम, सीप र स्थानीय श्रोत साधनको उपयोग गरी लघु, घरेलु, तथा साना उद्योगको स्थापना र विकासमा सहयोग पुर्याउने लक्ष्यका साथ काभ्रे जिल्लामा वि.. २०२४ सालमा यस कार्यालयको स्थापना भएको हो।संघीय संरचना अनुरुप बागमती प्रदेशमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गत् उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको मातहतमा यो कार्यालय रहेको छ।यस कार्यालयले उद्योग तथा वाणिज्य प्रशासनका अलावा विविध किसिमका उद्यमशीलता विकास, सीप विकास, क्षमता अभिवृद्धि तथा उपभोक्ता हक हित संरक्षण सम्बन्धी कार्यहरु गर्दै आइरहेको छ।